Logo
५ जेष्ठ २०८१, शनिबार
(May 27, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

औषधि पसलका कर्मचारीमाथि डिएसपीले कुट्पिट् गरेको घटनाको छानविनका लागि समिति गठन

प्रदेश नं २ वीरगञ्ज महानगरपालिकाको घण्टाघर स्थित चोकमा प्रहरीबाट भएको गैह्र व्यावसायिक व्यवहारको छानविनका लागि प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण प्रसाँईको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ ।

समितिले महानगरपालिकाको वडा नं। ८ स्थित घण्टाघर चोकमा पसल सञ्चालकसँग प्रहरीद्वारा गरिएको गैह्र व्यावसायिक व्यवहारको छानविन र आवश्यक कारवाही गर्ने जनाइएको छ ।

प्रदेश प्रहरी कार्यालयद्वारा जारी विज्ञप्तिमा समितिले अनुसन्धान कार्य शुरू गरी सकेको र अनुसन्धानका क्रममा कोही प्रहरी दोषी देखिएमा प्रहरी नियमावली बमोजिम कारवाही गरिने जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी प्रह्लाद केसीले वीरगन्जस्थित एक औषधि पसलमा काम गर्ने मेडिकल कर्मचारीलाई कुटेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

बुधवार साँझदेखि सामाजिक सञ्जाल फेसबुकमा भाइरल भएको एक मिनेट १२ सेकेन्डको भिडियो सिसिटिभीमा कैद भएको हो ।

भिडियोमा डिएसपी केसीले औषधि पसलभित्रै पसेर कर्मचारीलाई मुक्का, लात्ती र लट्ठीले कुटेको देखिएको छ। भिडियोमा प्रहरीले कुटपिट गरेको प्रति आक्रोश जनाउँदै फेसबुक प्रयोगकर्ताले पर्सा प्रहरीको चर्को आलोचना गरिरहेका छन् ।

प्रहरीले देशै भरि चलाएको ‘प्रहरी मेरो साथी’ नारा मात्रै सीमित रहेको फेसबुक प्रयोगकर्ताको आरोप लगाउँदै कुटपिट गर्ने डिएसपी केसीलाई कारबाहीको माग पनि गरेका छन् ।

वीरगञ्ज निवासी मुकेश द्विबेदीले आफनो फेसबुकमा लेखेका छन्, ‘आज कोई अस्पताल ,कोई औषधि पसल, कोई अति आवश्यक कामले जादा पनि दिनदिनै प्रहरी प्रशासनद्वारा कुटीएका छन, अस्पतालहरू मनमानी रूपले बिरामीहरूसँग पैसा लिरहेका छन, चारै तिर भय, त्रास को वातावरण छ तर पनि तपाईहरुको मुखबाट एकशब्द पनि निस्किरहेको छैन, किन? ’

उनले अघि लेखेका छन, ‘आम जनताहरुले भनेको जस्तै, के सचिक्कै यो जिल्लामा नेता नै छैनन के रु हो यदि तपाईँहरू हाम्रो नेता, जनप्रतिनिधि हुनुहुन्छ भने सर्वदलीय टिम बनाएर प्रशासनसँग कुरा गर्नुस्, अब अति हुँदैछ ।’

 

 

प्रकाशित मिति: May 27, 2021

प्रतिक्रिया दिनुहोस्