Logo
६ जेष्ठ २०८१, आईतबार
(May 26, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काठमाडौं उपत्यकामा २४ घण्टामा थपिए १४९३ जना नयाँ कोरोना संक्रमित

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १४९३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसमध्ये काठमाडौंमा ११३९, ललितपुर २४१ र भक्तपुरमा ११३ जना संक्रमित थपिएका हुन् । मंगलबारको तुलनामा यो संख्या कम हो । हिजो काठमाडौँमा मात्र १८६३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

यस्तै भक्तपुरमा ३२३ र ललितपुरमा ४२७ जनामा संक्रमण पुष्टि भएको थियो ।पछिल्लो २४ घण्टामा देशभर थप ६७१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

सोही अवधिमा थप ६७१६ जना निको भएका छन् भने थप १४५ जनाले ज्यान गुमाएका छन् ।

 

प्रकाशित मिति: May 26, 2021

प्रतिक्रिया दिनुहोस्