Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 26, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोनाबाट वरिष्ठ गायक स्वयम्भूराज शाक्यको निधन

वरिष्ठ गायक स्वयम्भूराज शाक्यको कोरोनाका कारण निधन भएको छ ।

कोरोना संक्रमण देखिएपछि गत वैशाख २६ गतेदेखि उनी विपि स्मृति अस्पतालमा उपचार गराइरहेका उपचारको क्रममा ६४ बर्षको उमेरमा निधन भएको हो

नयाँ नयाँ शैली र सृजनामा तल्लीन वरिष्ठ गायक शाक्य आफ्नै टोलमा आयोजित एकल साँझको सफलता पछि अर्को एकल प्रस्तुतिको योजनामा थिए ।

रेकर्डिङ सहज र सुलभ नभएको बेला एउटा कोठामा वाद्यवादक तथा गायकरगायिका र अर्को कोठामा प्रविधि र प्राविधिकका साथ ३ दशक अघि नेपालभाषाको ‘मतिना’ रेकर्ड गराएका थिए ।

नेपालको सांगीतिक विकासमा कोशेढुंगाका रुपमा लिइने यस गीति संग्रहमा संग्रहित उनका सबै गीतहरु हालसम्म पनि जनजिब्रोमा झुण्डिएको छ । सांस्कृतिक संस्थानबाट सेवानिवृत वरिष्ठ गायक शाक्य रेडियो नेपालका विशिष्ट श्रेणीका गायक थिए ।

विभिन्न पुरस्कार तथा सम्मानबाट सम्मानित शाक्यले तिब्बत, श्रीलंका, बंगलादेश, साउदी अरेबिया, जापान, हङकङ, बैंङ्ककमा सांगीतिक प्रस्तुति दिइसकेका थिए । ५ वटा गीति संग्रहसहित २५० भन्दा बढी गीत गाएका वरिष्ठ गायक शाक्यले ४ वटा एकल शोहरु समेत गरिसकेका थिए ।

प्रकाशित मिति: May 26, 2021

प्रतिक्रिया दिनुहोस्