Logo
६ जेष्ठ २०८१, आईतबार
(May 25, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संसद् विघटनविरुद्ध नेविसंघद्वारा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन

प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल विद्यार्थी संघले राष्ट्रपति विद्यादेवि भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ ।

उनीहरुले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन काठमाडौंको पुतलीसडकको शंकरदेव क्‍याम्पस अगाडि गरेका हुन् ।

यसअघि नेविसंघसले मध्यबानेश्वरमा संसद विघटनको विरोधमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको तस्वीरमा गोबर छ्याप्दै प्रदर्शन गरेको थियो भने नेविसंघका पूर्वकेन्द्रीय सदस्य नवराज त्रिपाठीलाई प्रहरीले पक्राउ गरेको थियो ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत शुक्रबार मध्यरातमा संसद विघटन गरी कार्तिक २६ र मङ्सिर ३ गतेका लागि मध्यावधि निर्वाचन घोषणाको घोषणा गरेकी थिइन् ।

प्रकाशित मिति: May 25, 2021

प्रतिक्रिया दिनुहोस्