Logo
६ जेष्ठ २०८१, आईतबार
(May 25, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एन्टीजेन्ट किट अभाव हुँदा भारतीय सीमामा कोरोना परिक्षण रोकियो

लामो समयदेखि एन्टिजेन किटको अभाव भएपछि भारतबाट नेपाल प्रवेश गर्ने नेपालीको कोरोना परीक्षण रोकिएको छ ।

एन्टिजेन किटको अभाव भएपछि वीरगञ्ज महानगरपालिकाले शङ्कराचार्य गेट नजिक स्थापना गरेको हेल्थ डेस्कमा हुँदै आएको परीक्षण प्रभावित भएको छ ।

दैनिक भारतबाट सो नाका भएर २५ जनाभन्दा बढी नेपाली वीरगञ्ज प्रवेश गर्ने गरेको भए पनि किटको अभावमा कोरोना परीक्षण हुन नसकेको हेल्थ डेस्कका इन्चार्ज सैमुला अन्सारीले जानकारी दिए ।

उनले भने, ‘किटको अभावमा अहिले सामान्य ज्वरो मात्र नाप्ने गरिन्छ ।’ उनले यदि कोरोनाको लक्षण देखिएमा जुन जिल्लाको बासिन्दा हुन्छ त्यही जिल्लामा उपचारको लागि पठाउने गरेको बताए ।

प्रकाशित मिति: May 25, 2021

प्रतिक्रिया दिनुहोस्