Logo
६ जेष्ठ २०८१, आईतबार
(May 24, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज देशभर ७४२५ जनामा कोरोना पुष्टि, ७१३५ संक्रमणमुक्त र १८५ जनाको मृत्यु

नेपालमा गएको २४ घण्टामा ७४२५ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको १९ हजार ८४६ जनाको पिसिआर र ६०७ जनाको एन्टीजेन परीक्षणमा ७ हजार ४२५ जनामा संक्रमण भेटिएको हो।पिसिआर विधिबाट ७ हजार २२० र एन्टीजेन विधिबाट २०५ जना संक्रमित पुष्टि भएका हुन्।

आज देशभर ७ हजार १३५ जना ‌ कोरोना संक्रमित निको भएका छन्। हालसम्म ३ लाख ९८ हजार ४८३ जना संक्रमित भई निको भइसकेका छन्।

यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप १८५ जना संक्रमितको मृत्यु भएको छ। देशभर ९२४ जना व्यक्ति क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

 

 

प्रकाशित मिति: May 24, 2021

प्रतिक्रिया दिनुहोस्