Logo
६ बैशाख २०८१, बिहीबार
(May 24, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पुर्वशर्त अनुसार माग संम्बोधनसँगै जसपा सरकारमा सहभागी हुँदै, गृह सहित ८ मन्त्रालय

जसपाको अध्यक्ष महन्थ ठाकुर पक्ष ओली नेतृत्वको सरकारमा सहभागी हुने भएको छ। आफूहरुले उठाएको सबै माग सम्बोधन भएको भन्दै ठाकुर पक्ष सरकारमा सहभागी हुन तयार भएको हो।

प्रधानमन्त्री ओलीले राजेन्द्र महतोको नेतृत्वमा जसपाबाट आठजनालाई मन्त्री बनाउन तयार भएका छन्।

ठाकुर निकट एक नेताका अनुसार ढिलोमा शुक्रबारसम्म शपथ ग्रहण भइसक्नेछ। ती नेताले भने, ‘ओली जीले हामीले उठाएका माग सम्बोधन गर्नुभएको छ। अब सरकारमा सहभागी हुने निश्चित भयो। शुक्रबारसम्म शपथ हुने तयारी छ।’

जसपाले ओलीसमक्ष राखेका पाँचवटै माग सम्बोधन भएको जनाएको छ। संविधान संशोधनका लागि कार्यदल गठन, कार्यकर्तामाथि लागेको मुद्दा फिर्ता, आइतबार मात्रै अध्यादेशमार्फत नागरिकता ऐन संशोधन भएपछि ठाकुर पक्षीय नेताहरु उत्साहित भएका हुन्।

जसपाका अर्का एक नेताका अनुसार ठाकुर वरिष्ठ नेता महतोबीच सरकामा सहभागी हुने नेताहरुको नाम पनि निश्चित भइसकेको छ। जसमा महतोका साथै नेताहरु शरतसिंह भण्डारी, अनिल झा, राजकिशोर यादव, लक्ष्मणलाल कर्ण, एकवाल मियाँ, उमाशंकर अरगरिया र विमल श्रीवास्तव रहेका छन्।

जसपाले महतोलाई गृहमन्त्रालयको जिम्मेवारी दिनुपर्ने माग गरेको छ। तर त्यसमा ओलीले सहमति नजनाएको नाम उल्लेख गर्न नचाहने एक संभावित मन्त्रीले देश सञ्चारसँग बताए।

उनले भने, ‘हामीले गृह नै पाउनुपर्छ भनेका छौँ। तर उहाँले मान्नुभएको छैन। छलफल हुँदैछ।’ माओवादीबाट एमाले छिरेका मन्त्रीलाई सर्वोच्चले पदमुक्त गरेपछि आठवटा मन्त्रालय खाली छ भन्दै प्रकाश ढकालले देशसञ्चारमा समाचार लेखेका छन् ।

ठाकुर पक्ष सरकारमा सहभागी हुने निश्चित भएपछि अर्का अध्यक्ष उपेन्द्र यादव पक्षले भने सरकारमा गए स्वत: पार्टीबाट निष्कासन गर्ने चेतावनी दिएको छ। आइतबार बसेको यादव पक्षको कार्यकारिणी परिषद्को बैठकले उक्त निर्णय गरेको हो।

 

प्रकाशित मिति: May 24, 2021

प्रतिक्रिया दिनुहोस्