Logo
१५ बैशाख २०८१, शनिबार
(May 23, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चीनमा अकस्मात् मौसम बिग्रिँदा दौड प्रतियोगितामा सहभागी भएका २१ धावकको मृत्यु

चीनको पश्चिमोत्तरमा अकस्मात् मौसम बिग्रँदा दौडमा सहभागि भइरहेका २१ जना धावकहरुको मृत्यु भएको छ ।पश्चिमोत्तर चीनको एउटा पहाडी भेगमा अचानक मौसम बिग्रिँदा क्रस–कन्ट्री दौड प्रतियोगितामा सहभागी भइरहेका २१ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।

सय किलोमिटर दूरीको दौडमा १७२ धावक सहभागी भएकामा केही हराएपछि प्रतियोगिता नै रोक्नु परेको थियो । खोजी तथा उद्धार टोली आइतवार २१ जनाको शव फेला पारेका हुन् ।

शनिवार येलो रिभर स्टोन फरेस्टमा आयोजित प्रतियोगिताका बेला तीव्र वेगको हावासहित कठ्याङ्ग्रिने वर्षा भएको चिनियाँ सरकारी सञ्चारमाध्यमलाई उधृत गर्दै समाचारमा उल्लेख छ ।

जिवित फेला परेका १५१ मध्ये आठ जनालाई भने चोट लागेको जनाइएको छ । घटना छानबिन गर्न समिति नै बनाइएको छ । ढुङ्गाका मनमोहक स्तम्भहरू रहेको येलो रिभर स्टोन फरेस्ट ५० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ ।

प्रकाशित मिति: May 23, 2021

प्रतिक्रिया दिनुहोस्