Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 19, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उत्तराखण्डमा १६ हजारभन्दा बढी बच्चामा देखियो कोरोनाको तेस्रो भेरियेण्ट, नेपालमा पनि सर्ने चिन्ता

छिमेकी देश भारतको उत्तराखण्डमा पछिल्लो डेढ महिनामा १६ हजारभन्दा धेरै बच्चा तथा १९ वर्षसम्मका किशोरमा संक्रमण देखिएका छन् ।

स्टेट कन्ट्रोल रुम कोभिड १९ को वेभसाइटका अनुसार यसमा नौ वर्षको उमेरका ३०२० र १० देखि १९ वर्षबीचको १३ हजार ३९३ किशोरमा संक्रमण देखिएको छ ।

यसको असर नेपालमा पनि पर्न सक्ने र छिटै नै नेपाल पनि सर्ने विज्ञहरुको कथन रहेको छ । यसलाई तेस्रो भेरियेण्टको कोरोना भनिएको छ ।

कोरोना संक्रमणको पहिलो घटना राज्यमा अघिल्लो वर्षको मार्चमा देखिएको थियो । झण्डै एक वर्षमा प्रदेशमा बच्चा र किशोरलाई संक्रमणको कुल सख्या १० हजार ७४० जना भेटिएको छ ।

तर एक महिना अर्थात् अप्रिल २०२१सम्म यो १८ हजारको आँकडा पार गर्यो । बच्चा र किशोरमा संक्रमण तीब्र रुपमा फैलिइरहेको छ ।

यसबाट यो जिज्ञासा उठेको छ कि उत्तराखण्डमा कोरोनाको तेस्रो लहर पुगिसकेको छ । जसको बारेमा भनिएको छ कि यसमा सबैभन्दा धेरै नोक्सानी बच्चा र किशोरहरुमा हुनेवाला छ ।

उत्तराखण्डमा डायरेक्टर नेसनल हेल्थ मिसन डा. सरोज नैथानी भन्छन् काहीँ न काही यो आँकडाले सिंगो भारतलाई सचेत गराइरहेको छ ।

उत्तराखण्डमा यही उमेरसमूहमा पनि विभिन्न वर्गका बच्चाहरु छन् । एकातिर ठूला भवनमा बसेर भिडियो गेम खेल्ने र अनलाइनबाट पढ्ने बच्चाहरुदेखि सानो झुपडीमा जीवन बिताउनेहरुसम्म छन् ।

अर्काे गाउँघरमा रहनेहरु बढी पहाडी भेगमा बस्छन् । उनीहरुमा यो भ्रम छ कि पहाडी भेगमा कोरोना संक्रमण देखिँदैन ।

डा. सरोज भन्छन्, ‘अहिले जुन आकडा आएको छ, त्यसमा हामी हेर्नुपर्छ कि कोरोना भाइरस कुन स्तरका बच्चामा धेरै देखिएको छ ।

के यो सबै देहरादून, हरिद्वार र उधमसिंह नगरका हुन् या पहाडी भेगका बच्चामा पनि देखिएको छ । हाम्रो सर्विलेन्स टीमले यसको खोजी सुरु गरिसकेको छ ।’

सरोज भन्छन् ‘महामारीको इतिहासलाई हेर्ने हो भने सामान्यतया महामारीको ३ देखि ४ वटासम्म लहर आउने गर्छ ।

भाइरस म्युटेड पनि भइरहेको छ । अहिलेसम्म मुलुकमा १८ वर्षभन्दा बढी उमेर समूहका मान्छेमा मात्रै कोरोना भाइरसको खोप लगाउने गरिएको छ । बचेका १८ वर्षभन्दा कम उमेरका बच्चाहरुमा यसको खतरा देखिएको हो ।’

बिबिसी

प्रकाशित मिति: May 19, 2021

प्रतिक्रिया दिनुहोस्