Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 16, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री ओलीसँग मैले भेटवार्ता गरेको हो : बाबुराम भट्टराई

नयाँ सरकार गठनका सम्बन्धमा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफूले भेट गरेको बताएका छन् ।

डा. भट्टराईले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीसँग आफूले भेटवार्ता गरेको पुष्टि गरेका हुन्। तर कहिले भेटेको भने अझै खुलाएका छैनन् ।

प्रधानमन्त्री पद माग्दै पटक-पटक बाबुरामले ओलीसँग राति राति भेट गरेको एमाले नेता महेश बस्नेतले एक टेलिभिजन अन्तर्वार्तामा दाबी गरेसँगै भट्टराईले आफू र प्रधानमन्त्री ओलीबिच भेटवार्ता भएको स्वीकारेका हुन्।

उनले भनेका छन्, ‘प्रधानमन्त्रीले दूतमार्फत बोलेकाले बोल्नुपर्ने भयो। महाविपत्ति उन्मुख देशलाई निकास दिन मैले व्यक्ति ओली हैन प्रधानमन्त्री ओलीलाई भेटेकै हो। मैले वर्तमान–पूर्व प्रधानमन्त्री बाहेकका व्यक्तिको नेतृत्वमा राष्ट्रिय सरकार बनाऊँ भनेकै हो। उहाँले नमानेपछि अरूलाई नभनेको हुँ। अझै पनि धारा ७६९५०बमोजिम बनाउन सकिन्छ। सोचौँ।’

यसअघि डा. भट्टराई र प्रधानमन्त्री ओलीबिचको भेटबारे सार्वजनिक जानकारी दिइएको थिएन। यसअघि प्रधानमन्त्रीले डाक्ने सर्वदलीय बैठक लगायतका छलफलमा प्रतिगमनकारीसँग छलफल नगर्ने भन्दै भट्टराई उपस्थित हुने गरेका थिएनन्।

 

प्रकाशित मिति: May 16, 2021

प्रतिक्रिया दिनुहोस्