Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 13, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

माओवादीको समर्थनमा देउवा प्रधानमन्त्री बन्ने प्रयास ‘विफल’ !

अन्ततः माओवादीको समर्थनमा कांग्रेस सभापछि शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने सम्भावना लगभग सकिएको छ ।

एमालेको असन्तुष्ट माधव नेपाल समुहले कांग्रेस गठबन्धनलाई साथ नदिने भएसँगै एमालेकै नेतृत्वमा फेरी सरकार बन्ने सम्भावना बढेको हो ।

त्यसो त,नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरुले बहुमतीय सरकार गठनको सम्भावना टर्दै गएको निष्कर्ष निकालेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बिहीबार भएको भेटमा नेकपा एमालेमा भइरहेको सहमतिको प्रयास र जसपाका नेताहरु महन्थ ठाकुर र राजेन्द्र महतो पक्षको अडानबारे छलफल भएको थियो ।

एक नेताका अनुसार एमालेमा अध्यक्ष केपी शर्मा ओली जेठ २, २०७५ मा फर्किन तयार भए माधवकुमार नेपाल पक्षले राजीनामा नदिने देखिएको छ । र, ओली पक्षले जेठ २ मा फर्किन सहमति जनाउने सम्भावना छ । यसबारे ओली र नेपालबीच वार्ता भइरहेको छ ।

जसपाका नेताद्वय महन्थ ठाकुर र राजेन्द्र महतोले बिहीबार विहान देउवालाई भेटेर नयाँ सरकार गठनमा साथ नदिने बताइसकेका छन् । माओवादी केन्द्रका एक नेता भन्छन्, ‘बहुमतको सरकार गठनको सम्भावना लगभग सकिएको छ ।’

एमालेमा प्रधानमन्त्री ओली र माधवकुमार नेपालबीच भइरहेको वार्ताको निष्कर्ष आएपछि थप भन्न सकिने उनले बताए ।

प्रकाशित मिति: May 13, 2021

प्रतिक्रिया दिनुहोस्