Logo
१५ बैशाख २०८१, शनिबार
(May 12, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काठमाडौंका यी ठाउँमा जेठ २ देखि कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो मात्र लगाइने

चीनबाट ल्याएको कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो मात्र यही जेठ २ गतेबाट लगाउन शुरु गर्ने भएको छ ।

चीनले नेपाललाई उपलब्ध गराएको भेरोसेल खोपको पहिलो मात्र लगाएका १८ वर्षदेखि ५९ वर्ष उमेर समुहले दोश्रो खोप उपत्यकामा काठमाडौं महानगरको ३२ खोप केन्द्र, कीर्तिपुरमा दुई, चन्द्रागिरीमा तीन, नागार्जुनमा दुई र तारकेश्वर नगरपालिमामा एक वटा खोप केन्द्रबाट लगाउन सकिने रहने जिल्ला जनास्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ ।

त्यस्तै टोखामा २, बुढानीलाकण्ठमा २, गोकर्णेश्वरमा दुई , शंखरापुरामा १ र कागेश्वरी मनोहरामा एउटा खोप केन्द्र तोकिएको छ ।

तर कोभिसिल्डको पहिलो खोप लगाएका ६० वर्ष माथिको उमेर समुहका लागि भने खोपको दोस्रो मात्रा लगाउने मिति भने अझै तोकिएको छैन ।

प्रकाशित मिति: May 12, 2021

प्रतिक्रिया दिनुहोस्