Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 7, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रिय सभा उपनिर्वाचनका लागि बादलले गराए उम्मेदवारी दर्ता

बागमती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य पदमा गृहमन्त्री समेत रहेका रामबहादुर थापा बादलले उम्मेदवारी दर्ता गरेका छन् ।

राष्ट्रियसभा सदस्यको रिक्त पदमा हुन लागेको उप निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्न हेलिकोप्टरमार्फत हेटौंडा पुगेका थापाले बागमती प्रदेशको निर्वाचन आयोगमा उम्मेदवारी दर्ता गराएका छन् ।

उनको उम्मेदवारीको प्रस्तावकमा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल रहेका छन् भने बागमती प्रदेशकी सामाजिक विकास मन्त्री सरस्वती बस्नेतले समर्थन गरेकी छिन् । बादलका प्रतिस्पर्धी रहेका डा.खिमलाल देवकोटाले पनि उम्मेदवारी दर्ता गराइसकेका छन् । आगामी जेठ ६ गते राष्ट्रिय सभाको उपनिर्वाचन हुँदैछ ।

प्रकाशित मिति: May 7, 2021

प्रतिक्रिया दिनुहोस्