Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 4, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अस्ट्रेलियाका राजदूत महेश दाहाल बर्खास्त

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अस्ट्रेलियाका लागि नेपाली राजदूत महेश दाहाललाई बर्खास्त गरेको छ ।

बैठकले प्रचण्डको कोटाबाट राजदूत नियुक्त दाहाललाई दुई वर्षे कार्यकाल रहँदै फिर्ता बोलाउने निर्णय गरेको हो ।

यसअघि राजदूत लक्की शेर्पा आर्थिक मामिला सम्बन्धी विवादमा मुछिएपछि नोभेम्बर २०१९ मा सरकारले दाहाललाई अस्ट्रेलियाको राजदूत नियुक्त गरेको थियो ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका पारिवारिक सदस्य समेत रहेका दाहाल माओवादीमा प्रवेश गर्नुअघि काँग्रेस निकट तरुण दलमा आबद्ध थिए ।

२०७४ सालको चुनावमा प्रचण्डलाई सहयोग गरेपछि उनी माओवादी प्रवेश गरेका थिए । सरकारले प्रचण्ड निकट लीलामणि पोखरेललाई चीनको राजदूतबाट पनि फिर्ता बोलाएको थियो ।

साथै, मन्त्रिपरिषद् बैठकले ओमानका लागि नेपाली राजदूत शर्मिला ढकाल पराजुली र जापानी नियोगकी राजदूत प्रतिभा राणालाई निरन्तरता दिने निर्णय गरेको छ ।

प्रकाशित मिति: May 4, 2021

प्रतिक्रिया दिनुहोस्