Logo
२ जेष्ठ २०७८, आईतबार
(May 2, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शंकर पोखरेल पुनः मुख्यमन्त्री नियुक्त

नेकपा एमालेका नेता शंकर पोखरेल शंकर लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा पुनः नियुक्त भएका छन् ।प्रदेश प्रमुखको कार्यालयले पोखरेल पुनः मुख्यमन्त्री नियुक्त गरेको जानकारी दिएको छ ।

संविधानको धारा १६८ को उपधारा १ बमोजिम बहुमत प्राप्त संसदीय दलको नेताको हैसियतमा पोखरेललाई प्रदेश प्रमुख धर्मनाथ यादवले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

यसअघि नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता पोखरेलले आफ्नो नेतृत्वमा नेपालको संविधानको धारा १६८ को उपधारा (१) बमोजिम सरकार गठन गर्न प्रदेशसभाका बहुमत सदस्यहरूको हस्ताक्षरसहित प्रदेश प्रमुखसमक्ष दावी पेस गरेको आधारमा पोखरेललाई मुख्यमन्त्री नियुक्त गरिएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चिरञ्जिवी पौडेलले विज्ञप्तिमार्फत जनाएका छन् ।

प्रकाशित मिति: May 2, 2021

प्रतिक्रिया दिनुहोस्