Logo
२१ बैशाख २०८१, शुक्रबार
(May 2, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बैठक लगतै राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री शितल निवासमा

प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास पुगेका छन् । शितल निवास स्रोतलेदिएको जानकारी अनुसार प्रधानमन्त्री ओली करिब साँढे १ बजे शितल निवास पुगेका हुन् ।

पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न प्रधानमन्त्री शितल निवास गएको बताइएको छ । ओलीले आज अपरान्ह ४ बजे मन्त्रिपरिषद् बैठक पनि बोलाएका छन् ।

एमाले पार्टीको स्थायी कमिटी बैठक सकेर प्रधानमन्त्री राष्ट्रपति कहाँ गएका हुन् । केन्द्र र प्रदेशको राजनीति तातिएको बेला राष्ट्रपति र प्रधानमन्त्रीबीचको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रकाशित मिति: May 2, 2021

प्रतिक्रिया दिनुहोस्