Logo
५ जेष्ठ २०८१, शनिबार
(April 29, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निषेधाज्ञाको उल्लंघन गर्दै अनावश्यक हिँडडुल गर्ने १४५७ जनालाई कारबाही

कोरोना नियन्त्रण तथा रोकथामको लागि आजदेखि लागु निषेधाज्ञाको उल्लंघन गर्दै अनावश्यक हिँडडुल गर्ने १४५७ जना कारबाहीमा परेका छन् ।

उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका अनुसार उनीहरु काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न स्थानमा कारबाहीमा परेका हुन् । साथै ३२० वटा दुई पांग्रे र ४१ वटा चार पांग्रे सवारी साधन कार्वाहीमा परेका छन् ।

प्रहरीका अनुसार उपत्यकामा चेकजाँचमा पनि कडाइ गरिएको छ । काठमाडौंमा ४४, ललितपुरमा ८ र भक्तपुरमा चार स्थानमा चेकपोइन्ट राखिएको छ ।

निषेधाज्ञाको कार्यान्वयनका लागि नेपाल प्रहरी, ट्राफिक प्रहरी महाशाखा र सशस्त्र प्रहरी बलको टोली खटिएको छ ।

बिहीबारदेखि लागु निषेधाज्ञा एकसातासम्म जारी रहनेछ । त्यसपछि पनि एक साता थप गर्ने गरी मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।

प्रकाशित मिति: Apr 29, 2021

प्रतिक्रिया दिनुहोस्