Logo
५ जेष्ठ २०८१, शनिबार
(April 29, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोनाविरुद्धको खोप अभियान कार्य स्थगित

सरकारले सञ्चालन गरेको कोरोनाविरुद्धको चिनियाँ भेरोसेल खोप लगाउने कार्य तत्काललाई स्थगित भएको छ ।

कोरोनाको दोस्रो लहर सुरुभएसँगै उपत्यकामा आजदेखि निषेधाज्ञा सुरु भएको छ । सोकारण खोप अभियानलाई पनि स्थगित गरिएको हो ।

हिजो बुधवारसम्म निरन्तर लगाइरहेको खोप लकडाउनका कारण स्थगित गरिएको स्वास्थ्य कार्यालय काठमाडौँद्वारा जारी गरिएको सूचनामा भनिएको छ ।

‘कोभिड १९ विरुद्धको खोप अभियान अन्तर्गत २०७७ चैत २५ गतेदेखि निरन्तररुपमा १८ देखि ५९ वर्षसम्मका व्यक्तिहरूलाई भेरोसेल खोप लगाइरहेकोले वैशाख १६ देखि केही समयका लागि स्थगित गरिएको हो’ सूचनामा भनिएको छ ।

नेपाललाई चीन सरकारले भेरोसेल खोपको आठ लाख डोज खोप अनुदानमा उपलब्ध गराएको थियो ।
दोस्रो चरणको खोप अभियानअन्तर्गत गत चैत २५ गतेदेखि भेरोसेल खोप लगाउन सुरु गरिएको थियो ।

यो खोप १८ वर्षदेखि ५९ वर्ष उमेर समूहका व्यक्तिहरूलाई दिइएको थियो ।नेपालमा कोरोनाविरुद्धको कोभिसिल्ड खोप पनि प्रयोग हुँदै आएको छ । कोभिसिल्ड खोपको १० लाख डोज भारतले अनुदानमा दिएपछि गत माघ १४ गतेबाट खोप अभियान सुरु भएको थियो ।

प्रकाशित मिति: Apr 29, 2021

प्रतिक्रिया दिनुहोस्