Logo
५ जेष्ठ २०८१, शनिबार
(April 28, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालमा कोरोनाको नयाँ रेकर्ड बन्दै, एकैदिन थपिए ४८९७ जना संक्रमित

नेपालमा पछिल्लो समयमा कोरोना संक्रमण बढीरहेको अवस्थामा २४ घण्टामा देशभर ४८९७ जना कोरोना सक्रमित थपिएका छन् ।

कुल १३८७९ पीसीआर परीक्षण गर्दा ४७७४ र ९५५ एन्टिजेन परीक्षणमा १७४ गरी ४८९७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जानकरी दिएको छ ।

योसँगै देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३० हजार २९० पुगेको छ । जसमध्ये २३६४ जना संस्थागत आइसोलेसनमा र २७ हजार ८४५ जना होम आइसोलेसनमा रहेका छन् ।

कुल संक्रमितमध्ये २ हजार ४७ जना मात्र काठमाडौं उपत्यकामा भेटिएका छन्। काठमाडौंमा १ हजार ४ सय ६४, ललितपुरमा ३५१ र भक्तपुरमा २३२ जना संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: Apr 28, 2021

प्रतिक्रिया दिनुहोस्