Logo
५ जेष्ठ २०८१, शनिबार
(April 28, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वागमती प्रदेशका नवनियुक्त तीन मन्त्री र एक राज्यमन्त्रीले शपथग्रहण गरे

वागमती प्रदेशका नवनियुक्त तीन मन्त्री र एक राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । नवनियुक्त उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री सरेश नेपाल, सामाजिक विकास मन्त्री सरस्वती वस्नेत, आन्तरिक मामिला तथा कानूनमन्त्री, सामाजिक विकास राज्यमन्त्रीमा डा. रामकुमार अधिकारीले पद तथा गोपनियताको शपथग्रहण गरेका हुन् ।

मन्त्रीहरुलाई प्रदेश प्रमुखले र राज्यमन्त्रीलाई प्रदेशप्रमुखको उपस्थितिमा मुख्यमन्त्री डोरमणि पौडेल शपथग्रहण गराएका हुन् ।

माओवादी र एमालेको माधव नेपाल पक्षका मन्त्रीले राजीनामा दिएपछि मुख्यमन्त्री पौडेलले आजै नयाँमन्त्री नियुक्त गरेका हुन् ।

प्रकाशित मिति: Apr 28, 2021

प्रतिक्रिया दिनुहोस्