Logo
५ जेष्ठ २०८१, शनिबार
(April 28, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमाले महाधिवेशन आयोजक कमिटीकको बैठकमा सहभागी भएका तीन नेतामा कोरोना पुष्टि

एकालेको दशौँ महाधिवेशन आयोजक कमिटीको बालुवाटरमा सहभागी भएका तीन नेतामा कोरोना संक्रमण पुष्टि भएको छ ।

एमालेको दशौँ महाधिवेशन आयोजक कमिटीको बैठकमा सहभागी तीन नेतामा कोरोना संक्रमण पुष्टि भएको हो ।स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीलाई मंगलबार कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

केन्द्रीय सदस्यद्वय खिमलाल भट्टराई र विष्णु रिजालमा पनि कोरोना पुष्टि भएको छ । रायमाझीलाई उपचारका लागि सैनिक अस्पतालमा भर्ना गरिएको छ ।

भट्टराई र रिजाल भने होम आइसोलेसनमा छन् । वैशाख १० गते एमालेको महाधिवेशन आयोजक कमिटी बैठक बसेको थियो । रिजाल र भट्टराईले मंगलबार आफूहरू सङ्क्रमित भएको खुलाएका छन् ।

रायमाझीलाई भने सोमवारै सङ्क्रमण पुष्टि भएको थियो । यद्यपि बैठक सकिएको दुई तीन दिनपछिमात्रै उनीहरूमा कोरोना सङ्क्रमण देखिएकाले सबै नेताहरू ‘कन्ट्याक्ट ट्रेसिङ’ मा नपर्ने बताइएको छ ।

रायमाझी त्यसपछिको मन्त्रिपरिषद् बैठकमा पनि सहभागी थिए । गण्डकी प्रदेश सभाका पनि तीन सांसदमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति: Apr 28, 2021

प्रतिक्रिया दिनुहोस्