Logo
५ जेष्ठ २०८१, शनिबार
(April 27, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पीसीआर परिक्षणमा मनोमानी ! शुल्क बढी नलिन स्वास्थ्य मन्त्रालयको चेतावनी

पछिल्ला दिनहरुमा कोरोना संक्रमण बढेसँगै पीसीआर परिक्षण गर्नेहरु बढिरहेका छन् ।

निजी तथा सरकारी अस्पतालहरुले सरकारले तोकेको भन्दा बढी परिक्षण शूल्क लिएका गुनासाहरु बढेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रायलले पिसिआर परीक्षणको शुल्क तोकिए भन्दा बढी लिए कारवाही गर्ने चेतावनी दिएको छ ।

मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै कोरोना भाइरसको संक्रमणको पहिचानका लागि गरिने पिसिआर परीक्षणको शुल्क तोकिए भन्दा बढी नलिन आग्रह गर्दै यस्तो चेतावनी दिएको हो ।

निजी प्रयोगशालाले संक्रमण रोकथामको नाममा थप शुल्क लिएको भन्ने मन्त्रालयमा गुनासो आएपछि मन्त्रालयले तोकिएको शुल्क मात्रै लिन र त्यसबाहेक थप शुल्क कुनै बहानामा पनि नलिन आग्रह गरेको छ ।

आग्रह गर्दा गर्दै पनि थप शुल्क लिएको पाइए त्यस्ता प्रयोगशालालाई परीक्षणको सूचीबाट हटाइने प्रमुख बिशेषज्ञ स्थतरीय सोमबार निर्णय भइसकेको मन्त्रालयका सह प्रवक्ता डाक्टर समिर कुमार अधिकारीले जानकारी गराएका छन् ।

मन्त्रालयले पिसिआर परीक्षण गरेबापत सरकारी प्रयोगशालाले १ हजार र निजी प्रयोगशालाले २ हजार रुपैयाँ शुल्क तोकेको छ ।

प्रकाशित मिति: Apr 27, 2021

प्रतिक्रिया दिनुहोस्