Logo
५ जेष्ठ २०८१, शनिबार
(April 27, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विभेदपूर्ण व्यवहार भए निषेधाज्ञा तोडेर गाडी चलाउने यातायात व्यवसायीको चेतावनी

हवाई मार्गबाट यात्रा गर्दा कोरोना नसर्ने तर गाडीमा यात्रा गर्दा कोरोना सर्ने सरकारको व्यवहार विभेदपूर्ण भएको यातायात व्यवसायीले गुनासो गरेका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले कोरोना नियन्त्रण गर्न सबै क्षेत्र बन्द गर्नुपर्ने बताए ।

सिटौलाले भने, ‘पहिलेको लकडाउन, निषेधाज्ञाले यातायात क्षेत्रमा खर्बौं रूपैयाँ घाटा भएको र धेरै गाडी लिलाम भएको थियो । सरकारले राम्रोसँग कोरोना नियन्त्रण गर्न खोजेको हो भने सबै क्षेत्रलाई बन्द गराएर कोरोना नियन्त्रण गर्नुपर्छ । कुनै व्यवसायलाई खुल्ला गर्ने कुनै व्यवसायलाई भने बन्द गर्न हुँदैन ।’

‘सरकारलाई पनि हामीले सुझाव दिएका थियौं । व्यवसायीले हवाई मार्गबाट यात्रु ओसारपसार पाउने तर बसले किन नपाउने ? भनेर प्रश्न गरेका छन् ।’

हवाई मार्ग बन्द नभए यातायात व्यवसायीले पनि सीट क्षमता बराबर यात्रु बोकेर देशैभर बस सञ्चालन गर्ने बताएका छन् ।

प्रकाशित मिति: Apr 27, 2021

प्रतिक्रिया दिनुहोस्