Logo
५ जेष्ठ २०८१, शनिबार
(April 27, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जसपा शीर्ष नेताको छलफल बिना निष्कर्ष टुंगियो

जनता समाजवादी पार्टीका ६ शीर्ष नेताको छलफल विना निष्कर्ष टुंगिएको छ ।

पार्टी कार्यालय बालकुमारीमा बसेको बैठकमा कार्यकारिणी समितिको बैठक बोलाउने विषयमा छलफल भएपनि सहमति जुटेन ।

स्रोतका अनुसार संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव पक्षले तत्काल कार्यकारिणी समितिको बैठक बोलाउनुपर्ने बताएका थिए ।तर अध्यक्ष महन्थ ठाकुर लगायतले त्यसमा सहमति नजनाएका जसपा स्रोतले जनाएको छ ।

पर्सिबाट उपत्यकामा निषेधाज्ञा सुरु हुने भएकाले बैठक बस्न नसक्ने उनीहरुको तर्क थियो ।

प्रकाशित मिति: Apr 27, 2021

प्रतिक्रिया दिनुहोस्