Logo
५ जेष्ठ २०८१, शनिबार
(April 27, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई ट्रान्जिट बनाएर यात्रा गर्न नपाइने

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई ट्रान्जिट बनाएर यात्रा गर्न रोक लगाएको छ । अध्यागमन विभागले यही वैशाख १५ गते राति १२ बजेदेखि लागु हुने गरी ट्रान्जिट रुट प्रयोगमा रोक लगाएको हो ।

कोभिड-१९ को नयाँ भेरियन्टलाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको विभागले जनाएको छ ।विदेशबाट नेपाललाई अन्तिम गन्तव्यस्थल बनाइ आगमन गर्न र नेपालबाट विदेश जान भने पाइने विभागले जनाएको छ ।

काठमाडौं उपत्यकामा कोरोनाको जोखिम बढ्दै गएपछि वैशाख १६ देखि निषेधाज्ञा जारी गरिएको छ ।

 

 

प्रकाशित मिति: Apr 27, 2021

प्रतिक्रिया दिनुहोस्