Logo
१४ बैशाख २०८१, शुक्रबार
(April 27, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमालेद्वारा गण्डकी प्रदेशसभाको बैठक अवरुद्ध

गण्डकी प्रदेशको विशेष अधिवेशन एमालेले विरोध गरेपछि अवरुद्ध भएको छ । सत्ता पक्षको अवरोधका कारण बैठक २० मिनेटका लागि स्थगित गरिएको छ ।

नेकपा एमालेले कोरोनाको दोस्रो लहर चलेको अवस्थामा सांसदहरुको कोरोना परीक्षण नगरी बैठक डाकिएको भन्दै प्रदेश सभा अवरुद्ध गरेको हो ।

प्रदेश सभाका सदस्यहरुको पीसीआर परीक्षण नगरिएको, धेरै सदस्यहरुले खोपको दोस्रो डोज पनि नलगाएको र जिल्ला प्रशासन कार्यालय कास्कीले विषेधाज्ञासमेत जारी गरेको अवस्थामा प्रदेशसभाको बैठक चल्न नदिने प्रदेश सभा सदस्य राजीव पहारीले बताएका छन् ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्ध वैशाख २ मा दर्ता भएको अविश्वासको प्रस्ताव प्रदेशसभाको विशेष अधिवेशनमा सोमबार टेबुल भएर छलफल भइरहेको छ ।

प्रकाशित मिति: Apr 27, 2021

प्रतिक्रिया दिनुहोस्