Logo
४ जेष्ठ २०८१, शुक्रबार
(April 27, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निषेधाज्ञा जारीसँगै उपत्यका छाड्ने सर्वसाधारणको लाग्यो भीड

नेपालमा कोरोना संक्रमणको दोस्रो लहर सुरु भएसँगै कोरोना संक्रमित दिनप्रतिदिन बढी रहेका छन् । कोरोना संक्रमित बढेसँगै प्रशासनले निषेधाज्ञा १६ गतेबाट लगाउदैँ छ ।

सरकारले निषेधाज्ञा लगाउनेभएपछि लगाएपछि काठमाडौं उपत्यका छाड्ने मानिसहरुको भीड बढेको छ ।कलंकी, बालाजु, कोटेश्वर लगायत स्थानमा आज बिहानैबाट सर्वसाधारणको उपत्यका छाड्नेहरुको भीड लागेको छ ।

उनीहरु गह्रुंगा झोला बोकेर गन्तव्यतिर गइरहेका देखिन्छन् । ट्राफिक प्रहरी महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा मात्रै ५० हजार ४५६ जना यात्रु उपत्यकाबाट बाहिरिएको जानकरी दिएको छ ।

गत वर्ष एक साताका लागि लगाइएको लकडाउन हप्तैपिच्छे बढेकाले त्यस्तै हुनसक्ने आशंकामा पढ्न र काम गर्न आएका व्यक्तिहरु उपत्यकाबाट बाहिरिंदैछन् ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारीले विगतमा जस्तो समस्या नहोस् भन्ने सोचेरै बिहीबार बिहान ६ बजेदेखि लागू हुने गरी निषेधाज्ञाको आदेश जारी गरिएको बताएका छन् ।

विगतमा जस्तो निषेधाज्ञा लगाइएको समयमा मानिसहरु नहिंडुन् भन्ने उद्देश्यले प्रशासनले दुई दिन घर फर्किन समय दिएको छ । अहिले काठमाडौं उपत्यकामा कोरोना संक्रमित दिनप्रतिदिन बढीरहेको । उपत्यकामा अहिले लगभग सबै अस्पतालमा कोरोना संक्रमितले भरीएको छ ।

प्रकाशित मिति: Apr 27, 2021

प्रतिक्रिया दिनुहोस्