Logo
५ जेष्ठ २०८१, शनिबार
(April 27, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोना नियन्त्रणका लागि चीनले नेपालसहित दक्षिण एसियाली देशसँग सामूहिक छलफल गर्ने

चीनले आज नेपालसहित दक्षिण एसियाली मुलुकसँग कोरोना महामारी नियन्त्रणबारे सामूहिक छलफल गर्ने भएको छ ।

चिनियाँ विदेशमन्त्री वाङ यीले खोपको आपूर्ती र कोरोना नियन्त्रणका विभिन्न पक्षहरु बारेमा नेपाल, अफगानिस्तान, पाकिस्तान, श्रीलंका र बंगालेशका समकक्षीहरुसँग सामूहिक भर्जअल कुराकानी गर्ने छन् ।

पछिल्लो समयमा भारतमा खोपको तीव्र अभाव भएको सन्दर्भमा हुन लागेको सो छलफलमा खोप प्रधान विषय हुने एक सरकारी अधिकारीले बताएका छन् ।

नेपाल सहित दक्षिण एसियाका पाँच वटै मुलुकमा पछिल्लो समयमा कोराना भाईरसको संक्रमण बढेको छ । चीनले पछिल्लो समयमा महामारी नियन्त्रण्मा खोप क्षेत्रिय सहकार्यमा जोड दिएको छ ।

 

प्रकाशित मिति: Apr 27, 2021

प्रतिक्रिया दिनुहोस्