Logo
५ जेष्ठ २०८१, शनिबार
(April 26, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालमा कोरोना भयावह बन्दै, एकैदिन थपिए ३५५६ जना संक्रमित

नेपालमा कोरोना संक्रमण दिनप्रतिदिन बढ्दै गइरहेको अवस्थामापछिल्ल्लो २४ घण्टामा देशभर थप ३५५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यस्तै सोही समयमा कोरोना भाइरस संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ ।पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा १२ हजार ४ सय पिसिआर र ८९३ जनाको एन्टीजेन परीक्षण गर्दा तीन हजार ५५६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जानकारी दिएको छ ।

योसँगै नेपालमा संक्रमित हुनेको सख्या तीन लाख ३ हजार ५६१ पुगेको छ।हाल नेपालमा सक्रिय संक्रमितको संख्या २२ हजार ४३४ पुगेको छ।आज देशभर ३७८ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्।

हालसम्म २ लाख ७७ हजार ९५१ संक्रमित निको भइसकेका छन्। देशभर ६५ जना व्यक्ति क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

 

प्रकाशित मिति: Apr 26, 2021

प्रतिक्रिया दिनुहोस्