Logo
१४ बैशाख २०८१, शुक्रबार
(April 26, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फ्लोर क्रस गर्ने माधव नेपाल पक्षधर एमालेका चार सांसद पदमुक्त

फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने कर्णाली प्रदेशसभाका चारजना सांसद पदमुक्त भएका छन् । प्रदेशसभाको सोमबार बसेको बैठकमा सभामुख राजबहादुर शाहीले चारजनाको पद रिक्त भएको जानकारी गराएका छन्।

पार्टीको ह्विपविपरीत फ्लोर क्रस गरेका सांसदहरु प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अमरबहादुर थापा पदमुक्त भएका हुन् । चारैजना एमालेबाट निर्वाचित सांसद हुन। चारैजनाले वैशाख ३ गते पार्टीको ह्विप विपरीत कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए ।

मुख्यमन्त्री शाहीले मन्त्रिपरिषद पुनरगठन गर्दै एमालेको ह्वीप उलंघन गर्दै फ्लोर क्रस गरेका चारजना सांसदमध्ये तीनजनालाई मन्त्री बनाइएका थिए। एमालेका सांसद अमरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई मन्त्रीको जिम्मेवारी दिएका थिए।

मुख्यमन्त्री शाहीले अमरबहादुर थापालाई भौतिक पूर्वाधार विकासमन्त्री, नन्दसिंह बुढालाई भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री र कुर्मराज शाहीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीको जिम्मेवारी दिएका थिए। ज्वालालाई भने कुनैपनि जिम्मेवारी दिएको छैन।

सांसदहरु पदमुक्त भएसँगै ४० सदस्यीय कर्णाली प्रदेशसभा सांसदको संख्या ३५ मा झरेको छ । सभामुखसहित एमालेका १६, माओवादीका १२, कांग्रेसका ६ र राप्रपाका १ जना सांसद छन्।

प्रकाशित मिति: Apr 26, 2021

प्रतिक्रिया दिनुहोस्