Logo
५ जेष्ठ २०८१, शनिबार
(April 26, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उपत्यकामा वैशाख १६ गते देखि यातायात बन्द गर्ने तयारी

काठमाडौं उपत्यकामा वैशाख १६ गते देखि यातायात बन्द गर्ने तयारी गरेको छ ।

उपत्यकाका तिनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको आज बसेको बैठकले सार्वजनिक र निजी यातायात बन्द गर्ने निर्णय गरेको स्रोतले जनाएको छ ।

वैशाख १६ गते राति १२ बजेदेखि काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लामा खाद्यपदार्थ र औषधि पसलबाहेकका पसल बन्द गर्ने र निजी र सार्वजनिक यातायात पनि बन्द गर्ने गरी निषेधाज्ञा जारी गर्ने स्रोतले जानकारी दिएको छ ।

उपत्यकाका तिनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको आज (सोमबार) बसेको बैठकले सो निर्णय गरेको हो ।पछिल्लो समयमा कोरोना भाइरस संक्रमण तीब्र रुपमा फैलिएसँगै कोभिड(१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) सचिवालयको आइतबार बसेको बैठकले वैशाख १६ गतेदेखि उपत्यकामा निषेधाज्ञा गर्न सुझाव दिएको थियो ।

 

प्रकाशित मिति: Apr 26, 2021

प्रतिक्रिया दिनुहोस्