Logo
५ जेष्ठ २०८१, शनिबार
(April 26, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काठमाडौं उपत्यकामा वैशाख १६ मध्यरातदेखि निषेधाज्ञा जारी गर्ने तयारी

काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरिने भएको छ ।

सोमबार बिहान काठमाडौं ललितपुर र भक्तपुरका प्रशासनबिच भएको छलफलपछि आगामी वैशाख १६ गते मध्यरातदेखि लागू हुने गरी निषेधाज्ञा लगाउने तयारी गरिएको स्रोतले जानकारी दिएका छन् ।

स्रोतका अनुसार उपत्यकामा अत्यावश्यक सेवाबाहेक सबै सेवा बन्द गरिने छन् भने निजी र सार्वजनिक यातायात दुवै बन्द हुने छन्।

त्यस्तै शैक्षिक संस्था, निजी कार्यालय, होटेल रेस्टुरेन्ट तथा पार्टी प्यालेस सञ्चालनमा पनि रोक लगाइने तयारी छ ।दैनिक उपभोग्य बस्तु बिक्री गर्ने पसललाई भने सहज होस् भनेर समय तोकिने पनि जनाइएको छ ।

सरकारले अत्यावश्यक भनी तोकेका क्षेत्रका कर्मचारीलाई भने पास र सम्बन्धित कार्यालयको परिचयपत्रका अनुसार आवतजावत भने गर्न दिइने छ ।

सोमबार बिहान काठमाडौँ, भक्तपुर र ललितपुर प्रशासनको बैठकपछि गृह मन्त्रालयसँग निषेधाज्ञाको खाका र समयावधिबारे परामर्श भएको थियो ।

अझै आधिकारीक निर्णय आउन बाकी रहेको छ । आज साझ ५ बजे मन्त्रिपरिषद्को बैठक बस्दै छ । आजको बैठकमा लकडाउन गर्ने निर्णयबारे छलफल गर्ने स्रोतले जानकारी दिएको ।

प्रकाशित मिति: Apr 26, 2021

प्रतिक्रिया दिनुहोस्