Logo
५ जेष्ठ २०८१, शनिबार
(April 26, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोना बढेपछि सुर्खेतमा भोलि मध्यरातिदेखि एक हप्ता निषेधाज्ञा

कर्णाली प्रदेश स्थित सुर्खेत जिल्लाभर कोरोना संक्रमण बढ्दै गएपछि मंगलबार ध्यरातिदेखि एक साताका निषेधाज्ञा जारी हुने भएको छ ।

जिल्ला कोरोना संकट व्यवस्थापन समितिले मंगलबार मध्यराति १२ बजेदेखि लागू हुने गरी एक साता निषेधाज्ञा लागू गर्ने निर्णय गरेको हो ।

संक्रमण फैलिँदै गएकाले जिल्लाभर निषेधाज्ञाको निर्णय गरिएको हो । कोरोना नियन्त्रणभन्दा बाहिर जान थालेपछि निषेधाज्ञा लागू गर्ने निर्णय गरिएको छ ।

भोलिदेखि जिल्लाभर एक साता निषेधाज्ञा जारी हुनेछ ।निषेधाज्ञा अवधिभर एम्बुलेन्स, दमकल, शववाहन, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीका गाडी मात्र सञ्चालन गर्न दिने बताइएको छ । जिल्लामा मात्रै तीन सय बढी सक्रिय संक्रमित छन् ।

प्रकाशित मिति: Apr 26, 2021

प्रतिक्रिया दिनुहोस्