Logo
५ जेष्ठ २०८१, शनिबार
(April 26, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारको निर्णय विपरीत स्कुल संचालन गर्ने ११ सञ्चालक पक्राउ

प्रदेश नं २ स्थित सप्तरीका ८ वटा निजी विद्यालयका सञ्चालकसहित ११ जना शिक्षक पक्राउ परेका छन्।सरकारको निर्णय विपरीत स्कुल संचालन गर्ने राजविराजका ११ प्रिन्सीपल पक्राउ परेका हुन् ।

उनलाई सोमबार बिहान नियन्त्रणमा लिइएको जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले जानकारी दिए।

प्रजिअ पोखरेलले भने, ‘सरकारले सदरमुकामका निजी तथा सामुदायिक स्कुलहरू बन्द गर्ने निर्णय गरेको थियो, ती नियम उल्लंघन गरेर स्कुल सञ्चालन गरिएको पाइएपछि आठवटा स्कुलका सञ्चालकसहित ११ जना पक्राउ गरिएको हो।’

पक्राउ परेकाहरुलाई के कस्तो कारबाही गर्ने भन्ने बारे छलफल चलिरहेको उनले जानकारी दिए।

पक्राउ पर्नेसंचालकको नामावली

१.जिल्ला सप्तरी राजबिराज नगरपालिका वडा न.८ घर भई लक्ष्मी ईंकलिस बोडिं स्कुलका संचालक बर्ष ३८ को राजेश कुमार यादव

२.जिल्ला सप्तरी राजबिराज न.पा-८ बस्ने ऐ.ऐ. स्कुलका संचालक बैधनाथ कुमार झा

३ऐ.ऐ. बस्ने ऐ. स्कुलका संचालक बुलन्द साह

४.जिल्ला सप्तरी राजबिराज न.पा.५ बस्ने ह्यापी ल्याण्ड मा.बि.का संचालक शैलेन्द्र कुमार ठाकुर ।

५.ऐ.ऐ. बस्ने जानकी सेकेन्डरी स्कुलका शिक्षक हरी किसुन राम

६.ऐ.ऐ. बस्ने एन्जल बोडिङ स्कुलका संचालक नरेन्द्र प्रसाद देव

७.ऐ. वडा न.०२ बस्ने पिस जोन स्कुलका संचालक उमाकान्त साह।

८.ऐ.वडा न.०१ बस्ने सृजना सेकेन्डरी बोडिङ स्कुलका शिक्षक रिमा झा ।

९.ऐ. वडा न.०२ बस्ने लिटिल फ्लावर सेकेन्डरी स्कुलका संचालक डा.कामन्त देव।

१०.ऐ. वडा न.०१ बस्ने ग्रिन ईंगलिस बोडिङ स्कुलका शिक्षक मनोज यादव।

११. ऐ. बिष्णुपुर गा.पा.वडा न.०६ बस्ने सिपस बोडिङ स्कुलका संचालक नरेश साह।

प्रकाशित मिति: Apr 26, 2021

प्रतिक्रिया दिनुहोस्