Logo
५ जेष्ठ २०८१, शनिबार
(April 26, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आजदेखि काठमाडौं उपत्यकामा अत्यावश्यकबाहेक सबै सेवा बन्द

कोरोना संक्रमण बढ्दै गएपछि काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रशासन कार्यालयमा आजबाट अत्यावश्यकबाहेकका सवै सेवा बन्द भएको छ ।

काठमाडौँ, भक्तपुर र ललितपुर जिल्ला प्रशासन कार्यालयले आजबाट अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेका हुन् ।

कोरोना सङ्क्रमणको दर बढेकाले भिडभाड नियन्त्रण गर्न ललितपुर र भक्तपुर जिल्ला प्रशासनले अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरू बन्द गरिएको जनाएको छ ।

काठमाडौँ जिल्ला प्रशासन कार्यालयले कार्यालयमा कार्यरत केही कर्मचारी सङ्क्रमित भएकोले उक्त निर्णय लिएको हो ।

 

प्रकाशित मिति: Apr 26, 2021

प्रतिक्रिया दिनुहोस्