Logo
५ जेष्ठ २०८१, शनिबार
(April 26, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उपत्यकाका सिडिओहरुको बैठक बस्दै, लकडाउनबारे निणर्य लिने

काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठक आज बस्दै छ ।

कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बद्धि भएकोले संक्रमणलाई न्युनिकरणका लागि के गर्ने भन्नेबारे छलफल गर्न आज ३ जिल्लाका सिडिओहरुको बैठक बस्ने लागेको हो ।

कोरोना संकट व्यवस्थापन केन्द्र सिसीएमसीले पाँच सयभन्दा बढी कोरोना संक्रमित फेला परेका ठाउँमा निषेधाज्ञा लगाउन सिफारिस गरेपछि काठमाडौं, ललितपुर र भक्तपुरका सिडिओ छलफलमा जुट्न लागेका हुन् ।

आजको बैठकले उपत्यकामा लकडाउन गर्नेबारे निर्णय गर्नसक्ने बुझिएको छ । यी तीनै जिल्लामा पाँच सयभन्दा बढी संक्रमित छन् ।

काठमाडौं जिल्लामा मात्रै हिजो एक हजार एक सयभन्दा बढीमा कोरोना देखिएको थियो । उपत्यकाका तीन जिल्लामा झण्डै १५ सय जना संक्रमित भएका छन् ।

यसैबीच काठमाडौं, ललितपुर र भक्तपुरको जिल्ला प्रशासन कार्यालयमा आजदेखि अत्यावश्यकबाहेक काम नहुने भएको छ ।कोरोना जोखिम रहेकोले भीडभाड कम गर्न अत्यावश्यकबाहेक काम बन्द गरिएको हो ।

प्रकाशित मिति: Apr 26, 2021

प्रतिक्रिया दिनुहोस्