Logo
४ जेष्ठ २०८१, शुक्रबार
(April 26, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लकडाउनबारे निर्णय लिन मन्त्रिपरिषद् बैठक बस्दै

मन्त्रिपरिषद्को नियमित बैठक आज बस्दै छ । बालुवाटरमा आज (सोमबार) अपराह्न ५ बजे बैठक बोलाइएको हो ।

आज बस्ने मन्त्रिपरिषद्को बैठक कोरोना रोकथाप तथा नियन्त्रणका केन्द्रित हुने उच्च स्रोतले जनाएको छ । नेपालमा अहिले कोरोना माहामारीको दास्रो लहर तीव्र गतिमा फैलिरहेको छ ।

हिजो आइतबार बसेको कोभि कोभिड सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले कम्तीमा तीन साता देशभर लकडाउन गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गरेको थियो ।

सीसीएमसी बैठकले लकडाउन गर्नुपर्ने र त्यो नभए निषेधाज्ञामा जानुपर्ने सुझाएको थियो ।यस्तै पहाडमा २०० र सहरी क्षेत्रमा ५०० सक्रिय सङ्क्रमित भएमा जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)ले निषेधाज्ञा गर्न सक्ने गरी सिफारिस गरिएको हो ।

आजको बैठकमा कोरोना संक्रमणको चेन ब्रेक गर्न सरकारले आवश्यक निर्णय र निर्देशन जारी गर्न सक्ने अनुमान रहेको छ । नेपालमा हिजो मात्र ३१२२ जना कोरोना संक्रमित भेटिएका थिए भने २८ जना कोरोना संक्रमितले ज्यान गुमाएका थिए ।

 

प्रकाशित मिति: Apr 26, 2021

प्रतिक्रिया दिनुहोस्