Logo
५ जेष्ठ २०८१, शनिबार
(April 25, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विदेशी नागरिकलाई भारतीय सिमाबाट नेपाल प्रवेशमा रोक लगाउने सीसीएमसीको निर्णय

कोभिड १९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले भारतसँगका सीमानाकाहरुबाट विदेशी नागरिकहरुलाई नेपाल प्रवेश गर्न रोक लगाउन सरकारलाई सिफारिस गरेको छ ।

भारतमा कोरोना संक्रमण अनियन्त्रित बन्दै गएपछि सीमा नाकाहरुमा कडाइ गर्नुपर्ने आवाज उठ्दै आएको थियो ।

सीमानाकामा नेपालीहरुको आवागमन रोक्ने निर्णय भने नभएको उपप्रधानमन्त्री ईश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले बताए ।

सीसीएमसीको प्रस्तावलाई मन्त्रीपरिषद्ले स्वीकृत गरेमा सीमानाकाबाट भारतीयहरु नेपाल पस्न पाउने छैनन् । यो निर्णयले नेपालमा मालवस्तुको आयात निर्यातलाई भने प्रभाव नपार्ने बताइएको छ ।

प्रकाशित मिति: Apr 25, 2021

प्रतिक्रिया दिनुहोस्