Logo
५ जेष्ठ २०८१, शनिबार
(April 25, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोनाको अवस्थाबारे छलफल गर्न सीसीएमसीको बैठक बस्दै

कोरोना महामारीको पछिल्लो अवस्थाबारे छलफल गर्न सीसीएमसीको बैठक बस्दै छ । कोभिड-१९ संकट व्यवस्थापन समिति (सीसीएमसी) को निर्देशक समितिको बैठक आज अपरान्ह ३ बजे बस्ने भएको हो ।

बैठकबाट लकडाउन गर्नुपर्ने निष्कर्ष निस्किए निर्णयका लागि सीसीएमसीले मन्त्रिपरिषद्लाई सिफारिस गर्नेछ ।शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग सीसीएमसीका अधिकारीहरुले कोरोना भाइरस महामारीको पछिल्लो अवस्थाबारे बिफ्रिङ गरेका थिए ।

छलफलमा सीसीएमसीले संक्रमण बढी देखिएका क्षेत्रहरुमा चेन ब्रेक गर्न मानवीय गतिविधि ठप्प पार्नुपर्ने सुझाव दिएको थियो ।आजै दिउँसो बालुवाटारमा पत्रकारहरुसँग कुरा गर्दै निर्देशक समितिका सदस्य परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले तत्काल देशव्यापी लडडाउनको सम्भावना नरहे पनि आशिंक लकडाउन हुनसक्ने बताएका छन् ।

प्रकाशित मिति: Apr 25, 2021

प्रतिक्रिया दिनुहोस्