Logo
१४ बैशाख २०८१, शुक्रबार
(April 22, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देशका धरै ठाउँमा बिहानदेखि वर्षा,चट्याङ र हावाहुरीको सम्भावना

देशका धेरैजसो ठाउँमा अहिले पानी परिरहेको छ । काठमाडौमा बिहानैबाट पानी परेको थियो तर अहिले रोकिएको छ भने मौसम बद्ली रहेको छ ।

देशका विभिन्न ठाउँमा एकैछिन पानी पर्दै रोकिने र फेरि बादल लागेर पानी पर्ने क्रम चलिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

स्थानीय र पश्चिमी वायुको प्रभावले बिहीवार (आज) दिनभर नै देशका धेरैजसो ठाउँको मौसम यस्तै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाकाअनुसार अहिले सुदूरपश्चिम, कर्णाली, वाग्मती र गण्डकी प्रदेशमा अलि धेरै पानी परिरहेको छ । अरू प्रदेशमा भने बादल लागिरहेको र केहीबेरमै पानी पर्ने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिएकी छन् ।

पश्चिमी वायुको प्रभाव विस्तारै पूर्वतिर सरिरहेकोले पश्चिम र मध्य भागमा बेलुकादेखि मौसम सुधार हुँदै जाने देखिए पनि पूर्वी क्षेत्रको मौसम भने बिहीवार (आज) सुधार हुने सम्भावना कम रहेको मौसमविद् मानन्धरले बताइन् ।

यस्तै बिहीवार (आज) देशका विभिन्न ठाउँमा चट्याङ र हावाहुरीको समेत सम्भावना रहेकाले विशेष सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

यस्तै अहिले गण्डकी प्रदेशसहित पश्चिमी भेगका हिमाली क्षेत्रमा हिमपात भएको हुन सक्ने महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: Apr 22, 2021

प्रतिक्रिया दिनुहोस्