Logo
२१ बैशाख २०८१, शुक्रबार
(April 21, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सभामुख सापकोटाविरुद्धको मुद्दा संवैधानिक इजलासमा सुनुवाइ हुने

सभामुख अग्नि सापकोटाविरुद्ध परेको मुद्दा संवैधानिक इजलासमा आज सुनुवाइ हुने भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा नेतृत्वको संवैधानिक इजलासमा दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा न्यायाधीश छन् ।

माओवादी युद्धका बेला अपहरणपछि मारिएका काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटा प्रमुख दोषी रहेको भन्दै सपकोटाविरुद्ध २०६८ सालमा मुद्दा परेको थियो ।

अर्जुन लामाकी पत्नी पूर्णिमाया लामा, मानव अधिकारकर्मी सुशील प्याकुरेललगायतले २०६८ असार ६ गते दर्ता गरेका थिए ।

उक्त मद्दामाथि प्रारम्भिक फैसला गर्दै तत्कालीन न्यायाधीश सुशीला कार्की र ओमप्रकाश मिश्रको इजलासले उक्त मुद्दा संवैधानिक इजलासमा जाने आदेश गरेको थियो। संवैधानिक इजलासमा सापकोटाविरुद्ध तीन वटा मुद्दा छन्।

लामाकी श्रीमति पूर्णिमाया लामाले २०६९ मंसिर ७ गते आफ्ना पतिको हत्यामा सापकोटाको हात रहेकाले तत्काल कर्तव्य ज्यानमुद्दा अघि बढाउन माग गर्दै रिट निवेदन दायर गरेकी थिइन्।

त्यस्तै पत्रकार कनकमणि दीक्षितसहितले पनि अदातलको अवहेलना मुद्दा दायर गरेका छन् ।

उनलाई सभामुख बनाउने निर्णयप्रति असन्तुष्टि जनाउँदै राष्ट्रपतिका राजनीतिक मामिलाविज्ञ सुशील प्याकुरेलल राजीनामा दिएका थिए।
सपना प्रधानको त्यो फैसला सापकोटालाई सभामुख नबाउन माग गर्दै अधिवक्ता दिनेश त्रिपाठीले मुद्दा दायर गरेका थिए । तर त्यसमा फैसला हुनुअघिनै उनी सभामुख निर्वाचित भए ।

सापकोटा सभामुख भइसकेपछि न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले अभियोग लागेको व्यक्तिलाई दोषी प्रमाणित नभएसम्म कसुरदार नमानिने भन्दै अन्तरिम आदेश दिन अश्वीकार गरेको थियो ।

यद्यपी अदालतले हत्या अभियोग लागेको व्यक्तिले हाल उठेका नैतिक प्रश्न र सभामुख अनि संवैधानिक परिषदको सदस्यको जिम्मेवारी सम्हाल्दा उठ्न सक्ने स्वार्थको द्धन्द्ध सापकोटा स्वयंको विवेकबाट निर्देशित हुने उल्लेख गरेको थियो ।

सापकोटाले भने सो मुद्दा द्धन्द्धकालको भएकाले यसलाई सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत हेरिनुपने जिकिर गर्दै आएका छन् ।

सापकोटाविरुद्धको मुद्दामा निरन्तरको अन्तर्राष्ट्रिय चासो छ। बन मन्त्री हुने बित्तिकै उनी सहभागि एक कार्यक्रम पश्चिमा राजदूतहरुले बहिस्कार गरेका थिए ।

 

 

प्रकाशित मिति: Apr 21, 2021

प्रतिक्रिया दिनुहोस्