Logo
१४ बैशाख २०८१, शुक्रबार
(April 15, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मुख्यमन्त्री गुरूङविरूद्ध अविश्वासको प्रस्ताव : गण्डकी र लुम्बिनीमा सरकार ढाल्ने कांग्रेसको कसरत

केन्द्रमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर आफ्नै नेतृत्वमा सरकार बनाउने योजना तत्काल सफल हुन नसकेका बेला नेपाली कांग्रेसले कम्तीमा दुइटा प्रदेशमा सरकार फेर्ने अन्तिम तयारी गरिरहेको छ।

अरू दलहरूको साथ लिएर कांग्रेसले गण्डकी र लुम्बिनी प्रदेशमा सरकार फेर्न लागेको हो। यसमध्ये पनि गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङको सरकार ढल्ने लगभग निश्चित भइसकेको छ।

सम्भवत: आजै गुरूङविरूद्ध अविश्वासको प्रस्ताव प्रदेश सभा सचिवालयमा दर्ता हुनेछ। ५९ सदस्यीय प्रदेश सभामा कांग्रेसका १५ सांसद छन्।

प्रदेश संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई कांग्रेसले मुख्यमन्त्रीका रूपमा अगाडि सारेको छ। मुख्यमन्त्री गुरूङसँग नेकपा एमालेका २७ सांसद छन्। ५९ सदस्यीय प्रदेश सभामा बहुमत पुर्‍याउन ३० जना चाहिन्छ।

कांग्रेसका १५, माओवादी केन्द्रका १२, राष्ट्रिय जनमोर्चाका २ र जसपाका दुई सांसद मुख्यमन्त्रीगुरूङ विरूद्ध उभिएका छन्। स्वतन्त्र सांसद राजिव गुरूङ आफैं मुख्यमन्त्री उठ्छु भनिरहेका छन्।

प्रकाशित मिति: Apr 15, 2021

प्रतिक्रिया दिनुहोस्