Logo
१५ बैशाख २०८१, शनिबार
(April 14, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लकडाउनको पक्षमा सरकार छैन : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको संक्रमण बढे पनि तत्काल लडकाउन गर्ने पक्षमा सरकार नरहेको बताएका छन् ।

प्रधानमन्त्री ओलीले सिंहदरस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा सरकार लकडाउन गर्ने पक्षमा नरहेको स्पष्ट पारेका हुन् ।

उनले सरकारले बन्दाबन्दी गर्ने धम्की दिएको भन्ने कुरा बाहिर आएको उल्लेख गर्दै सकेसम्म बन्दाबन्दीको पक्षमा नरहेको बताए ।

प्रधानमन्त्री ओलीले कतिपय राष्ट्रहरुले कोभिडको महामारी बढी फैलिएको हुनाले बन्दाबन्दी गर्न बाध्य भएको र जनताको सुरक्षाका लागि नेपाल सरकार गम्भीर रहेको स्पष्ट पारे ।

प्रकाशित मिति: Apr 14, 2021

प्रतिक्रिया दिनुहोस्