Logo
१४ बैशाख २०८१, शुक्रबार
(April 13, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोना संक्रमणको दोस्रो लहरमा बालबालिकालाई जोगाउन चुनौती : स्वास्थ्यमन्त्री

सरकारले कोरोना संक्रमणको दोस्रो लहरमा बालबालिकालाई जोगाउन चुनौती थपिएको बताएको छ ।  आज स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले संक्रमण डरलाग्दो अवस्थामा पुगेको बताएका छन् ।

उनले भने  ‘डरलाग्दो संक्रमण यस मानेमा छ कि अहिलेसम्म जतिपनि भ्याक्सिन बनेका छन् १८ वर्षमाथिका लागि मात्रै बनेको छ, बालबालिकालाई जोगाउन चुनौती थपिएको छ ।’

जेठ अन्तिम साता र असार पहिलो सातामा दैनिक ११ हजार जना संक्रमित हुने र सक्रिय संक्रमितको संख्या ६ लाख पुग्ने प्रक्षेपण गरिएको मन्त्री हृदयेश त्रिपाठीले जानकारी दिए ।

‘नहोस् तर अहिलेको ट्रेण्डका आधारमा यो प्रक्षेपण गरिएको हो’ उनले भने, ‘त्यसका लागि आवश्यक तयारी पनि गरिएको छ ।’सरकारको पहिलो कर्तव्य नागरिकको जीवन रक्षा भएकाले त्यसतर्फ केन्द्रीत रहेर क्रियाशील रहेको जनाएको छ ।

सो अवस्थालाई मध्यनजर गर्दै काठमाडौँसहितका सहरी क्षेत्रका विद्यालयहरु बन्द गर्दै अनलाइन माध्यममा जाने भनेर छलफल भएको पनि बताए ।

तत्कालका लागि केही निर्णय नभएको अवस्थामा उनीहरुलाई संक्रमणबाट जोगाउँदै जनजीवनलाई पनि सामान्य बनाउन सबै पक्षले स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने उनले बताए ।

 

प्रकाशित मिति: Apr 13, 2021

प्रतिक्रिया दिनुहोस्