Logo
१४ बैशाख २०८१, शुक्रबार
(April 11, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शिक्षा मन्त्रालयले शिक्षण संस्था बन्द गर्ने/नगर्ने भन्ने बिषयमा सोमबार छलफल गर्ने

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोरोना संक्रमण बढेपछि शैक्षिक संस्था कसरी सञ्चालन गर्ने भन्ने बिषयमा सुझाव लिन सरोकारवाला निकायलाई  सोमबार छलफल गर्न बोलाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार शैक्षिक संस्थालाई तीन हप्ता अनलाइन कक्षा सञ्चाालन गर्न सुझाव दिएपछि सोमबार बिहान ८ बजे निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन, नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन, नेपाल (एन प्याब्सन) लगायत शैक्षिक सरोकारवाला निकायलाई छलफल गर्न बोलाइएको हो ।

कोरोना संक्रमण बढेपछि शैक्षिक संस्था कसरी सञ्चालन गर्ने भन्ने बिषयमा सुझाव लिन सरोकारवाला निकायलाई बोलाइएको शिक्षामन्त्रीका प्रेस संयोजक ईश्वरराज ढकालले बताए ।

‘पछिल्लो समय कोरोना संक्रमण बढिरहेको छ। सबैभन्दा बढी भिडभाड हुने शैक्षिक संस्था सुरक्षित रुपमा चलाउन छलफल गर्न लागेका छौं। उहाँहरुकै सुझावका आधारमा निर्णय गर्ने तयारी गरेका छौं,’ उनले भने।

यस्तै शैक्षिक संस्था बन्द गर्ने बिषयमा कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकमा शनिबार छलफल भएको छ। तर, शैक्षिक संस्थालगायत भिडभाड युक्त क्षेत्र बन्द गर्ने बिषयमा कुनै निर्णय नभएको सीसीएमसीका सचिव खगराज बरालले बताए।

सोही बैठकमा पहिलो चरणमा स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्ने, सिमा क्षेत्रमा हेल्थ डेक्स राख्नुपर्ने मन्त्रीहरुले सुझाव दिएको बरालले बताए ।

यदि पहिलो चरणमा चालिएको सतर्कताले पनि कोरोन संक्रमण नरोकिए दोस्रो चरणमा शैक्षिक संस्थालगायत भिडभाड क्षेत्रलाई बन्द गरिने तयारी गरिएको छ । स्वास्थ्य खबर

प्रकाशित मिति: Apr 11, 2021

प्रतिक्रिया दिनुहोस्