Logo
१५ बैशाख २०८१, शनिबार
(April 9, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अमेरीकामा पार्कमा बसिरहेका मानिसहरुमाथि अन्धाधुन्ध गोली प्रहार : १ जनाको मृत्यु, ६ घाइते

अमेरिकाको टेक्सासको ब्रायन शहरको इन्डष्ट्रियल पार्कमा बसिरहेका मानिसहरुमाथि अन्धाधुन्ध गोली प्रहार हुँदा जनाको मृत्यु भएको छ ।

उक्त घटनामा गोली लागेर अन्य ६ जना घाइते भएका छन् । प्रहरीका अनुसार गोलीबारीको यो घटना ब्रायन शहरको इन्डष्ट्रियल पार्कमा भएको हो ।  स्थानीय समयानुसार घटना बिहिबार दिउँसो साढे दुई बजेको हो ।

प्रहरीले सबै घाइतेलाई उपचारका लागि अस्पतालमा भर्ना गरेको हो ।पार्कमा ठूलो संख्यामा मानिसहरु घुमिरहेका बेला उक्त गोलीबारी गरिएको हो ।

प्रहरीले आरोपीलाई हिरासतमा लिएको छ । घटनाको कारण अहिलेसम्म पत्ता लाग्न सकेको छैन ।

प्रकाशित मिति: Apr 9, 2021

प्रतिक्रिया दिनुहोस्