Logo
१४ बैशाख २०८१, शुक्रबार
(April 8, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमालेमा गएका चार माओवादी मन्त्रीको सांसद पद खारेज

सभामुख अग्नि प्रसाद सापकोटाले नेकपा माओवादी केन्द्रले कारबाही गरेका चार जना सांसदको पद रिक्त भएको आजको प्रतिनिधि बैठकमा जानकारी गराएका छन् ।

राजनीतिक दल सम्बन्धी ऐनको आधारमा माओवादी केन्द्रले गरेको संघीय संसद सचिवालयलाई जानकारी गराएको सूचनालाई सभामुखले जानकारी गराएका हुन् ।

माओवादी केन्द्रले एमालेमा प्रवेश गरेका मन्त्रीहरु टोपवहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीलाई कारबाही गरेको निर्णय सचिवालयमा बुझाइसकेको छ ।

नेकपा विभाजनको बेला केपी ओली पक्षमा लागेका यी नेताहरू सर्वोच्च अदालतले एमाले(माओवादीलाई पूर्ववत अवस्थामा फर्काएपछि पनि ओलीको साथ नछाड्ने भन्दै एमालेमा बसेका थिए ।

सांसद नरहेका उनीहरुलाई मन्त्री भइराख्न पुनर्नियुक्ति गनुपर्ने हुन्छ। संविधानविद्का अनुसार संविधानको व्यवस्थाअनुसार पुनर्नियुक्ति गरे सांसद नुहँदा पनि ६ महिना मन्त्री हुन सकिन्छ ।

संविधानको धारा ७८ मा राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा संघीय संसद्को सदस्य नभएको कुनै व्यक्तिलाई मन्त्री पदमा नियुक्त गर्नसक्ने र मन्त्रीले शपथग्रहण गरेको मितिले ६ महिनाभित्र संघीय संसद्को सदस्य हुनुपर्ने प्रावधान छ।

प्रकाशित मिति: Apr 8, 2021

प्रतिक्रिया दिनुहोस्