Logo
१४ बैशाख २०८१, शुक्रबार
(April 8, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज ओली सरकारका चार मन्त्रीको सांसद पद गुम्दै

सभामुख अग्निप्रसाद सापकोटाले माओवादी केन्द्रका चार जना मन्त्रीको सांसद नभएको सूचना आज बस्ने प्रतिनिधि सभा बैठकमा सुनाउने भएका छन्।

संसद बैठकअघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा माओवादी केन्द्रले उनीहरूलाई सांसदबाट हटाउन पठाएको पत्रमा छलफल भएको थियो।

सोही बैठकमा उनीहरूलाई सांसदबाट हटाएको सूचना आज जारी गर्ने तय भएको हो।साथै आजबाट प्रधानमन्त्री केपी शर्मा ओली सरकारमा मन्त्री रहेका माओवादी केन्द्रका ४ जनाको सांसद् पद आज गुम्ने भएको हो ।

प्रतिनिधि सभा बैठक अहिले दिउँसो १ बजे बस्दै छ। यसअघि गत मंगलबार माओवादी केन्द्रले ऊर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योगमन्त्री लेखराज भट्ट, श्रममन्त्री गौरीशंकर चौधरी र सहरी विकास मन्त्री प्रभु साहलाई सांसद पदबाट हटाउन संसद सचिवालयलाई पत्र पठाएको थियो।

२०७४ सालको चुनावमा माओवादी केन्द्रबाट चुनाव जितेका उनीहरू तत्कालीन नेकपामा विवाद उत्कर्षमा पुगेका बेला ओली समूहमा लागेका थिए।

यद्पी सांसद् रामबहादुर थापालाई भने माओवादी केन्द्रले सांसद पदबाट हटाएको छैन् ।

प्रकाशित मिति: Apr 8, 2021

प्रतिक्रिया दिनुहोस्