Logo
१५ बैशाख २०८१, शनिबार
(April 6, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दिपाश्रीको फेसबुक ह्याक गर्ने १४ वर्षीय किशोर पक्राउ

अभिनेत्री तथा कलाकार दिपाश्री निरौलाको फेसबुक ह्याक गर्ने १४ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेका छ । कलाकारको फेसबुक ह्याक गर्ने ह्याकरको खोजी गर्ने क्रममा प्रहरीको साइबर ब्यूरोले मंगलबार पर्साबाट १४ वर्षीय किशोरलाई पक्राउ गरेको हो ।

साइबर ब्यूरोका प्रवक्ता एसएसपी नविन्द अर्यालका अनुसार मंगलबार पक्राउ गरिएका किशोरले आफ्नो अपराध स्वीकार गरेका छन् । उनलाई काठमाडौँ ल्याइने तयारी भइरहेको छ ।

केही समयअघि फिल्मक्षेत्रका कलाकारहरुको फेसबुक ह्याक भयो । कलाकार तथा निर्मात्री दिपाश्री निरौला, नायक तथा निर्माता सरोज खनाल लगायतका कलाकारहरुको फेसबुक ह्याक गरी उनीहरुका साथीमार्फत् रकम माग गरिएको थियो ।

आफ्नो फेसबुक ह्याक भएपछि दिपाश्री निरौला लगायतका केही कलाकारले सार्वजनिक रुपमै आफ्नो फेसबुक ह्याक गरेर कसैले पैसा मागिरहेको भन्दै कसैलाई पनि पैसा नपठाउन आग्रह गरेका थिए । दिपाश्री निरौलाले त प्रहरीको साइबर ब्यूरोमा उजुरीसमेत दिएकी थिइन् ।

प्रहरीका अनुसार कलाकारहरुको फेसबुक ह्याक गर्ने ह्याकर स्थानीय विद्यालयमा कक्षा ९ मा अध्ययनरत १४ वर्षीय किशोर रहेका छन् । कम्प्युटर र इन्टरनेटमा चाख राख्ने किशोरले फिसिङ लिंक पठाएर कलाकारको फेसबुक ह्याक गरेका थिए ।

पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ५ का १४ वर्षीय किशोरलाई जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिइ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: Apr 6, 2021

प्रतिक्रिया दिनुहोस्