Logo
१४ बैशाख २०८१, शुक्रबार
(April 4, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एन आई सी एशिया बैंकद्वारा धरानको सब्जीमण्डीका पसलहरुलाई QR कोड वितरण

एन आई सी एशिया बैंकले धरान उपनगरपालिकामा अवस्थित भानु चोकमा रहेको सब्जीमण्डीमा सञ्चालनमा रहेका १०० भन्दा बढी तरकारी, फलफुल, कपडा लगायतका सामग्री खरिद गर्न सकिने पसलहरूमा QR कोड वितरण गरेको छ ।

उक्त QR कोडको वितरण नेपाल राष्ट्र बैंकको प्रदेश १ का निर्देशक श्री सत्येन्द्र तिमिल्सिना, धरान उपमहानगरपालिका प्रमुख श्री तिलक राई धरान संयुक्त बजार एकता संघका अध्यक्ष श्री राम कुमार दास र यस बैंकका प्रदेश १ र २ का डेपुटी प्रोभिन्सियल पर्फमेन्स एसोरेन्स इकोसिष्टम श्री प्रकाशचन्द्र अधिकारीले एक कार्यक्रमकाबीच संयुक्त रुपमा गरेको प्रमुख सूचना अधिकारी सुधिर नाथ पाण्डेले विज्ञप्ति मार्फत जानकारी दिएका छन् ।

यस बैंकको मोबाइल बैंकिङ्ग (NIC ASIA MoBank), फोन–पे प्रणालीमा आबद्ध अन्य बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा प्रदायकका ग्राहक महानुभावहरूले मोबाइल बैंकिङ्ग एप/वालेट मार्फत यस बैंकले उपलब्ध गराएको QR कोडमा स्क्यान गरी रकम बिक्रेतालाई भुक्तानी गर्न सक्नेछन् ।

सो रकम सम्बन्धित बिक्रेताको यस बैंकमा रहेको खातामा जम्मा हुने व्यवस्था गरिएको छ । बैंकले निकट भविष्यमा सो क्षेत्रका यातायात, खाद्य स्टोर लगायत अन्य व्यवसायीक क्षेत्रहरूलाई समेत QR भुक्तानी प्रणालीमा समावेश गर्दै लैजाने लक्ष्य लिई डिजिटल कारोबारलाई दु्रत गतिमा अगाडी लैजानका लागि आवश्यक योजना अगाडी सारेको छ ।

स्मार्टफोन प्रयोगकर्ताहरूको संख्या उल्लेख्य बृद्धि भएसँगै मोबाइल बैंकिङ्ग तथा QR कोडबाट भुक्तानी गर्ने महानुभावहरूको संख्यामा समेत तीव्र रुपमा बृद्धि भइरहेको अवस्थाबीच विद्युतीय माध्यमबाट भरपर्दो कारोबार गरी नेपाल सरकारको ‘डिजिटल नेपाल फ्रेमवर्क’ अभियानलाई सहयोग गर्ने र नगद कारोबारको सट्टा डिजिटल कारोबारतिर ग्राहक महानुभावहरूलाई आकर्षित गरी मुलुकमा नगदरहित अर्थतन्त्रको निर्माण गर्न सहयोग पु¥याउन यस योजनालाई बैंकले अगाडी बढाएको हो । बैंकले हालसम्म देशभर ४१ हजार भन्दा बढी QR मर्चेन्टहरू खडा गरी डिजिटल भुक्तानी सेवा प्रदान गर्दै आएको छ र यस प्रणालीमा आबद्ध हुन चाहनुहुने नयाँ व्यापारी महानुभावहरूका लागि बैंकले ९८२८७११११५ नम्बरमा सम्पर्क गरी तथा बैंकको वेबसाइटमार्फत अनलाईन आवेदन दिन सकिने समेत व्यवस्था गरेको छ ।

यस बैंकले मुलुकभरमा ३५२ शाखा कार्यालयहरू, ४७१ एटिएम, ७५ वटा विस्तारित काउण्टर एवं ८० वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ

प्रकाशित मिति: Apr 4, 2021

प्रतिक्रिया दिनुहोस्